आज बर्षा हुने सम्भावना कति? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज बर्षा हुने सम्भावना कति?

काठमाडौं, २ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

नेपालमा अहिले स्थानीय वायुसँगैै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको महाशाखाले जनाएको छ ।

सोमबार केही पहाडी भू–भागमा केही स्थानमा मेघगर्जन र चट्याङ्घ सहित हल्का वर्षाको सम्भावना हुने र केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैबिच कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अघिल्लो समाचार

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);