देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना

काठमाडाैं ।  चट्याङ र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आजपनि चट्याङ र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कताका लागि आग्रह गरेको हो । गएराति देशका धेरै ठाउँमा हुरीसहित चट्याङ परेको थियो ।

यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । नेपालमा गएको मार्च महिनादेखि नै प्रि–मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

अबको केही दिन भने प्रि–मनसुन सक्रिय हुने देखिएको छ । प्रि–मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने नरहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसम पुर्वानुमानको भनाइ छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);