चौथो चौरी महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चौथो चौरी महोत्सव सम्पन्न

पाँचथर । यो वर्षको चौथो चौंरी महोत्सव बुधबार सम्पन्न भएको छ । नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चौरी महोत्सव बुधबार सकिएको हो ।

यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव मानिएको छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ । फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् ।

यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरु आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो । अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन् ।

यो मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ति भारत तथा भुटान देखि किसानहरु आउने गरेका छन् । मेलामा चौंरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);