देशभरको मौसम आंशिक बदली रहने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशभरको मौसम आंशिक बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी लगायत अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युनचापीय रेखाको समेत प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागलगायत अन्य भुभागमा पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राति पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका केही स्थानमा अपरान्ह साँझतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);