आजको मौसमः सामान्यतया सफा रहने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

आजको मौसमः सामान्यतया सफा रहने

काठमाडौं, २९ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत कायमै रहेको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार