स्थानीय सरकार आएसंगै बाह्रदशीको मुहार फेरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

स्थानीय सरकार आएसंगै बाह्रदशीको मुहार फेरिँदै

barhadasi gaupalika

झापा,  १४ फागुन । खानेपानीको राम्रो व्यवस्थासंगै झापाको बाह्रदाशी गाउँपालिकाको पुरानो पर्यटकीय स्थलले पुन जिवन पाउन थालेको छ । बाह्रदशी सामुदायिक वनमा खानेपानीको व्यवस्थासंगै पुन पर्यटकीय गतिविधिहरु हुन थालेका हुन् । खानेपानीको व्यवस्थासंगै स्थानीयहरु पनि खुशी भएका छन् ।

एक दशक अघिसम्म आन्तरिक पर्यटकका लागि झापाको बाह्रदशी उत्कृष्ट गन्तव्य मानिन्थ्यो । बाह्रदशी सामुदायिक बन विशेष गरी बनभोजका लागि उत्कृष्ट गन्तब्य मानिन्थ्यो । तर सामुदायिक बन व्यवस्थित गर्न नसकेकै कारण ओझेलमा परेका थियो ।

खानेपानीको आपुर्ति सहज नहँुदा पिकनिक स्पटहरु पनि प्रयोगविहीन भई जीर्ण बनेका थिए । तर, स्थानीय सरकार आएसंगै बाह्रदशीको मुहार फेरिँदै गएको छ । अहिले बाह्रदशी गाउँपालिका–६ मा खानेपानीको व्यवस्था गरिएको छ । साधुकुट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहल र खानेपानी तथा सरसफाइ कार्यालयको सहयोगमा खानेपानी ट्यांकी निर्माण भएको छ ।

बाह्रदशी गाउँपालिका–६ मा निर्माण गरिएको खानेपानी ट्याङ्कीको क्षमता २ हजार धारा भएपनि अहिले सुरुवाती चरणमा भएकाले ३ सय ५० बढी घरमा मात्र खानेपनी जडान गरिएको बाह्रदशी गाउँपालिका–६ का अध्यक्ष रत्नप्रकाश योङ्हाङ्गले बताउनुभयो ।

खानेपानीको व्यवस्थासंगै ऐतिहासिक महत्व बोकेको सो स्थानमा बाह्रदशी गाउँपालिका कै पहलमा इको टुरिजमसंगै भ्यू टावर पनि निर्माण गरिने भएको छ ।

बाह्रदशी सामुदायिक वन क्षेत्रभित्र साधुकुटी गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमसमेत रहेकाले यस क्षेत्रको बिषेश महत्व रहेको छ । यी क्षेत्रहरुको विकास गर्दै पर्या पर्यटनको अवधारणालाई अघि बढाउन सकिएको खण्डमा बाह्रदशी गाउँपालिकाको विकासमा अझ टेवा पुग्ने विश्वास लिईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);