धारामा २४ सै घण्टा पानी आउन थालेपछि गाउँको मुहार फेरियो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

धारामा २४ सै घण्टा पानी आउन थालेपछि गाउँको मुहार फेरियो

विमल जैरु

डडेल्धुरा, १५ फागुन । डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ झतडामा बर्षौदेखि खानेपानीको समस्या थियो । उपभोक्ता दुई घण्टा हिडेर खोलाको अशुद्ध खानेपानी ल्याउन बाध्य थिए । तर अहिले गाउँमा धारा पुगेपछि घण्टाैँ हिडेर खानेपानी ल्याउनु पर्ने समस्या हटेको छ । धारामा २४ सै घण्टा पानी आउन थालेपछि गाउँको नै मुहार फेरिएको छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ भतडामा १३ वटा धारा जडान गरिएको हो । धारामा २४ घण्टा नै पानी आउन थालेपछि ३८ घरधुरी लाभान्वित भएका छन् । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय गाउँमा धारा पुगेपछि हर्षित भएका छन् ।

खानेपानी आयोजनालाई दीर्घकालीन बनाउन मर्मत सम्भार गर्न, नियमित शुल्क उठाउन, खेर गएको पानीलाई खेतीमा प्रयोग गर्न स्थानीयलाई सरोकारवाले सचेत गराएका छन् ।

खानेपानी आयोजना कुल १८ लाख ३५ हजारको लागतमा निर्माण गरिएको हो । जसमध्ये ५ लाख ५३ हजार फिनल्याण्ड सरकार तथा युरोपियन युनिएन, ५ लाख ५३ हजार नेपाल सरकार, १ लाख १० हजार नवदुर्गा गाउँपालिका र १३ हजार उपभोक्ताको सहयोगमा निर्माण गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);