घरघरमै खानेपानीको धारा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

घरघरमै खानेपानीको धारा

dhara

एलवी मगर,
रोल्पा, २२ चैत । रोल्पाको सुवर्णावती गाउँपालिका १ बरनेटामा घरघरमै खानेपानीको धारा पुगेको छ । घरघरमा धारा पुगेपछि घन्टौ हिडेर खानेपानी लिन जानुपर्ने स्थानीयको बाध्यता हटेको छ ।

रोल्पाको सुवर्णावती गाउँपालिका १ बरनेटाको दलित बस्तिमा खानेपानीको धारा पुगेपछि स्थानीय दंग छन् । बर्षौदेखि घण्टौ हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ । घरघरमा धारा पुगेपछि सो गाउँपालिका ७२ घर धुरी लाभान्वित भएका छन् । घर आगानमा आएको पानीलाई सदुपयोग गर्दै स्थानीय तरकारी खेतीतर्फ समेत आर्कषित भएका छन् ।

पानी बोक्नुपर्ने बाध्यता हटेपछि बालकालिकालाई विद्यालय जान समेत सहज भएको छ । पानी आसोर्नु नपर्ने भएपछि बालबालिका समयमै विद्यालय जान पाएका हुन् । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको ५८ लाखको लागतमा धारा बनाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);