दुध र मासुको उत्पादन बढाउन औषधीको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुध र मासुको उत्पादन बढाउन औषधीको प्रयोग

dang

दाङ, २२ चैत । दुध र मासुको उत्पादन बढाउन भन्दै दाङका कृषकहरुले औषधीको धेरै प्रयोग गर्ने गरिएको पाइएको छ । मानव स्वास्थ्यमा असर पर्ने गरि कृषकहरुले पशुपन्छीमा औषधिको प्रयोग गर्ने गरेको पशुचिकित्सहरुको भनाई छ ।

पशुपन्छीमा लाग्ने परजिवी नष्ट गर्न पशुचिकित्सकसँग सल्लाह नै नगरि कृषकहरुले औषधिको प्रयोग गर्ने गरेको छन् । कृषकहरुले भने पशुपन्छी बिरामी हुँदा औषधिको प्रयोग गर्ने गरेको स्वीकार गर्दै पशुपन्छीलाई कस्तो औषधीको प्रयोग गर्ने जानकारी गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । हिमाल र पहाड भन्दा तराइ क्षेत्रमा उत्पादन बढाउन पशुपन्छीमा बढी औषधीको प्रयोग हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);