कमला नदिमा आएको बाढीले बगरमा लगाएको तरकारी खेती नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कमला नदिमा आएको बाढीले बगरमा लगाएको तरकारी खेती नष्ट

सिरहा, १२ वैशाख । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा आएको बाढीले बगरमा लगाएको तरकारी खेती नष्ट गरेपछि कृषक मारमा परेका छन् । बाढीले तरकारी खेती नष्ट गरेपछि लगानी पनि नउठ्ने भएपछि कृषक चिन्तित भएका हुन् । बाढीले बगाएर बाँकी रहेको तरकारीको पनि कृषकले मूल्य पाएका छैनन् ।

गत साता सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा आएको बाढीले बगरमा कृषकले लगाएको तरकारी खेती नष्ट गरेको हो ।

बाढिले काँक्रो, खरभुजा, फर्सी लगायतका तरकारी नष्ट गरेपछि लगानी समेत नउठ्ने भएको भन्दै कृषक चिन्तित भएका छन् । बाढीबाट जोगिएको तरकारीको पनि मूल्य नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

तरकारीको उत्पाद बढाउन कृषकले औषधिको प्रयोग गर्ने गरेका छन् । तर औषधि प्रयोग गर्ने प्राविधिक ज्ञान नहुँदा कृषकलाई समस्या भएको छ ।

नदिको बगरमा खेती गरेर जीविकोपार्जन गरिरहेका कृषकहरुले तरकारीको उचित मूल्य निर्धाण गर्न र प्राविधिक सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);