बुधवारको सेयर बजार ८ अंकले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुधवारको सेयर बजार ८ अंकले गिरावट

stock exchange

काठमाडौं, १२ बैशाख । आज पनि सेयर बजार घटेको छ । साताको पहिलो दिन ५० अंकले बढेको नेप्से परिसूचक त्यसपछि लगातार ओरालो लागेको छ । साताको चौथों दिन ८ दशमलव ३९ अंकले ओरालो लागेको नेप्से परिसूचक १ हजार ३ सय ८६ दशमलव ४७ अंकमा पुगेको छ ।

परिसूचकमा आएको कमीसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार दिनभरमा १ सय ६० कम्पनीको ५६ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।साताको चौथों कारोबार दिन यो साताकै न्यून रकमको सेयर कारोबार भएको हो ।

घटेको बजारमा अन्य बाहेकका उपसूचकहरु ओरालो लागेका छन् । अन्य उपसूचक ० दशमलव ०९ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर १ दशमलव ३३ प्रतिशत, माइक्रोफाइनान्स १ दशमलव ०४ प्रतिशतले घटेको छ ।

यस्तै विकास बैंक १ दशलमव ०२ प्रतिशत, इन्स्योरेन्स ० दशमलव ८ प्रतिशत, फाइनान्स ० दशलमव ७३ प्रतिशत, बैंकिङ ० दशलमव ४९ प्रतिशत, उत्पादनमुलक ० दशमलव ४७ प्रतिशत र ट्रेडिङ उपसूचक ० दशमलव ०८ प्रतिशतले ओरालो लगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);