'चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिव ६ प्रतिशत आर्थिक वृद्धि' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिव ६ प्रतिशत आर्थिक वृद्धि’

kendriya tathyank bibhag

काठमाडौं, १२ वैशाख । केन्द्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिव ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित सूचना तथा आँकडाहरुको आधारमा तयार पारेको तथ्यांकमा यस वर्ष मुलुकको आर्थिक वृद्धिदर करिव ६ प्रतिशत अर्थात् ५ दशमलव ८९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।

पुनर्निर्माणको कामले गति लिएकाले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । जलविद्युत, अन्तर्राष्ट्रिय विमानस्थल लगायतका निर्माण कार्यले पनि आर्थिक वृद्धिदरलाई अघि बढाउने देखिएको विभागको भनाई छ।

विभागले चालू आर्थिक वर्षको हालसम्म प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा भने ह्रास आएको स्पष्ट पारेको छ । त्यसैगरी रेमिटयान्समा पनि गिरावट आएको महानिर्देशक अर्यालले बताए । विभागले पर्यटकहरुको आगमनमा भएको वृद्धि तथा विद्युत आपूर्तिमा भएको सहजताका कारण पनि मुलुकको अर्थतन्त्र सहज देखिएको जनाएको छ ।

विभागले मुलुकको शैक्षिक, स्वास्थ्य लगायत सामाजिक सेवाहरुमा पनि क्रमिक रुपमा प्रगति हुने देखिएको अनुमान गरेको छ । चालू आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले २७ दशमलव १० प्रतिशत, गैर कृषि क्षेत्रले ७२ दशमलव ९० प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।

महानिर्देशक अर्यालले मत्स्यपालनबाट पनि मुलुकको आर्थिक वृद्धिमा योगदान दिने अवस्था रहेको बताए । मत्स्य पालनले गत वर्षभन्दा ७ दशमलव ४२ प्रतिशतले वृद्धि हुने विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी विभागले गत वर्षभन्दा उद्योगमा ८ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);