नेपालको आर्थिक वृद्धिदर चालू आवमा ४.६ प्रतिशत : विश्व बैंक | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपालको आर्थिक वृद्धिदर चालू आवमा ४.६ प्रतिशत : विश्व बैंक

काठमाडौं, ५ वैशाख । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ४ दशमलव ६ प्रतिशत मात्रै हुुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार ‘नेपाल डेभलप्मेन्ट अपडेट’ सार्वजनिक गर्दै नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको हो ।

बाढि, रेमिटयान्सको घट्दो दर, बढदो व्याजदर र निर्यात व्यापारमा सुधार नआएका कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा कम हुने देखिएको बैंकका नेपाल अर्थशास्त्री सुद्युम्न दाहालले जानकारी दिए ।

बैंकले गरेको यो प्रक्षेपण नेपाल सरकारले गरेको भन्दा १ दशमलव ४ प्रतिशत कम हो । यसअघि एशीयाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपालको आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा कम हुने प्रक्षेपण गरेको थियो ।

बैंकले सरकारी खर्च बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेको छ । बैठकका वरिष्ठ देशीय अर्थशास्त्री दामिर कोसिकले सरकारी खर्च बढ्दै जानु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सूचक नभएको स्पष्ट पारे । यसैगरी बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जानु पनि आर्थिक वृद्धिदर कम हुने कारकको रुपमा औंल्याएको छ । यस वर्ष कृषि क्षेत्र, सेवा र उत्पादनमूलक क्षेत्रमा पनि गत वर्षभन्दा धेरै सुधार नदेखिएको पनि बैकको निष्कर्ष छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);