आठ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आठ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता

department of industries

काठमाडौं, ५ बैशाख । चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन् । विभागले चालू वर्षको फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् ।

१० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १ सय ९४ उद्योगबाट ३४ अर्ब ९१ करोड सात लाख बराबरको लगानी भित्र्याएको छ । विभागमा हालसम्म करिब सात हजार ५०० उद्योग दर्ता भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);