संघीय सरकारले दुई अर्बभन्दा कम पुँजी भएका उद्योगलाई प्रदेशमा दर्ता गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संघीय सरकारले दुई अर्बभन्दा कम पुँजी भएका उद्योगलाई प्रदेशमा दर्ता गराउने

company ragistar office

काठमाडौं, ११ बैशाख । देश संघीयतामा गएसँगै संघीय सरकारले दुई अर्बभन्दा कम पुँजी भएका उद्योगलाई प्रदेशमा दर्ता गराउने प्रक्रिया मिलाउने व्यवस्था गर्न लागेको छ ।

नेपालको संविधानले संघीय सरकारको अधिकार रहेका कतिपय कार्य सम्पादनलाई स्थानीय स्तरमा पुर्याउने योजनासहित उद्योग विभागले यस्तो प्रस्ताव मन्त्रालयमा पठाएको विभागले जनाएको छ । हाल नेपालमा ५० लाख रुपैयाँभन्दा बढीका विदेशी लगानीका उद्योगका रुपमा दर्ता हुन पाउने व्यवस्था छ ।

यदि विभागले पठाएको सो प्रस्ताव पारित भएमा हाल उद्योग विभागले गर्दै आएको काम दुई तिहाइभन्दा बढीले घट्ने विभागको अनुनान छ । मन्त्रालयबाट स्वीकृत भएर आएपछि हाल उद्योेग विभागबाट हुँदै आएका सोभन्दा कम लगानीका उद्योग दर्ता प्रदेशमा जानेछ ।

दुई अर्बभन्दा बढी लगानी भएका र विदेशी लगानीको उद्योग मात्र उद्योग विभागमा दर्ता हुनेछ । स्वदेशी लगानीको उद्योगभन्दा विदेशी लगानीको उद्योग दर्ता प्रक्रिया अलि झन्झटिलो भएकाले प्रक्रिया पुर्याउनुपर्नाले पनि यसको दर्ता प्रक्रिया भने विभागमा यथावत राख्न खोजिएको हो । हाल विभागका दर्ता भएका उद्योगको अवस्था हेर्ने हो भने अधिकांश उद्योगहरू दुई अर्बभन्दा साना लगानीका रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);