पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी

nepali sena

काठमाडौं, ५ बैशाख । नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पूरा नै नभएको काम सम्पन्न भएको भन्दै रकम भुक्तानी गरेको पाइएको छ । सेनाले उक्त अस्पतालमा दुईवटा लिफ्ट जडानका लागि ०७४ असार मसान्तसम्म सम्पन्न गर्नेगरी एक करोड दुई लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ०७४ असार २५ मा सेनाले कार्य सम्पन्न प्रतिवेदन तयार पारी एक करोड १५ लाख २६ हजार रुपैयाँ भुक्तानी गरे पनि ०७४ पुस २५ मा निरीक्षण गर्दा निर्माण कार्य भइरहेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निर्माण कार्य सम्पन्न नै नभइ कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने तथा भुक्तानी गर्ने कार्य नियमसंगत नभएको ठहरसहित महालेखाले प्रतिवेदन तयार पार्ने र भुक्तानी गर्ने दुवैलाई कारबाहीका लागि सिफारिस गरेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।