अविरल बर्षाका कारण लाखौं मूल्यको तरकारी नोक्सान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अविरल बर्षाका कारण लाखौं मूल्यको तरकारी नोक्सान

tarkari noksan

बिमल जैरु
डडेल्धुरा, २४ साउन
। वर्षाका कारण डडेल्धुराको अमरगढी नगरपालिकामा कृषकले लगाएको तरकारी खेतबारीमै कुहिएको छ । बिक्री गर्ने सयमा लाखौं मूल्यको तरकारी कुहिएको भन्दै कृषक निराश भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकामा अविरल बर्षाका कारण तरकारी खेतबारीमै कुहिन थालेको हो । तरकारी बिक्री गर्ने समयमा पानीका कारण लाखौं मूल्यको तरकारी खेर गएको कृषकले गुनासो गरेका छन् ।मालम गाउँमा मात्रै डेढ सय रोपनीमा काउली खेती लगाइएको छ ।

कृषकहरुले अहिले काउली गाइगोरुलाई खुवाउन थालेका छन् । अन्य बाली छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका कृषक निराश भएका छन् । साथै काउलीको उत्पादन धेरै भएकाले मूल्य समेत नपाएको कृषकले गुनासो गरेका छन् । कृषकले काउली प्रति किलो १० रुपैंयाँमा बिक्री गर्ने गरेका छन् । डडेल्धुराको अमरगढी तरकारीको पकेट क्षेत्र मानिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);