पर्साकाे आईसोलेसन सेन्टरमा आयुर्वेद औषधिको माग बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्साकाे आईसोलेसन सेन्टरमा आयुर्वेद औषधिको माग बढ्दै

पर्सा,११ भदाै । कोरोना नियन्त्रण तथा रोकथामका लागि पर्साको ग्रामीण क्षेत्रमा संचालित आईसोलेसन सेन्टरमा आयुर्वेद औषधिको माग बढेको छ । लक्षण नदेखिएका तथा आईसोलेसनमा पौष्टिक खानेकुरा, व्यामका साथै आयुर्वेदिक औषधीको माग उच्च छ । सामान्य रुघाखोकी तथा अन्य रोगका लागि आर्युवेद औषधि प्रयोग हुदैँ आएको छ।

पर्साको विभिन्न आईशोलेसनमा रहेका संक्रमितहरु आयुर्वेदिक औषधि प्रयोग गर्न थालेका छन् । अहिले संक्रमितहरुले नियमित रुपमा आयुर्वेदिक औषधि प्रयोग गरिरहका छन्। संक्रमित भएको अवस्थामा व्याम सहित उक्त समिश्रणको आयुर्वेदिक औषधि उपोगी सिद्ध भएको छ।

औषधिमा गिलोय, तुलसी, अम्ला, दाल चिनीको समिश्रण गरिएको छ । उक्त धुलोको सेवनबाट प्रतिरोधात्मक क्षमता बढेको छ । संक्रमितको उपचारमा संलग्न मसियानी स्वास्थ्य चौकीका अनुसार कतिपय संक्रमितमा कुनै पनि लक्षण नदेखिएको भएपनि यस प्रकारका आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाएको छ।

पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत सञ्चालित अधिकांश आईसोलेसनमा समेत आयुर्वेदिक औषधिको बढी प्रयोग हुन थालेको छ । बैरिया स्वास्थ्य चौकीमा पनि बिरामीहरुको माग बढेको छ ।

आईसोलेसनमा स्वास्थ्य चौकीका धेरै कर्मचारी संक्रमित भएपनि तातो पानीमा प्रयोग गरी सेवन गर्दा स्वास्थ्यमा लाभ भएको छ। हालसम्म करिब २ सयलाई सेवा दिएको जानकीटोला आयुर्वेद औषाध्यलयले बताएको छ।

पर्सामा समुदायमा फैलिएको कोरोना नियन्त्रणमा आयुर्वेदि औषधिले संक्रमितमा प्रतिरोधात्मक क्षमता बढाएको पुष्टि भएको छ। स्वस्थ खानापान, व्याम र यस प्रकारको औषधिको प्रयोगबाट कुनै साइड इफेक्ट नहुने भएकोले पनि यसको माग बढ्न थालेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);