वन कार्यालयमा करोडौंको मुल्य बराबरको काठ र पुराना सवारी साधन काम नलाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वन कार्यालयमा करोडौंको मुल्य बराबरको काठ र पुराना सवारी साधन काम नलाग्ने

ilam ma katha

काठमाडौं, २२ चैत । इलामको दक्षिणी सेक्टर वन कार्यालयमा करोडौंको मुल्य बराबरको काठ र पुराना सवारी साधन काम नलाग्ने भएको छ ।

तस्करीमा प्रयोग सामग्रीको मुद्दा फैसला नहुँदा काम नलाग्ने भएको हो । आठ बर्ष देखिको दर्जनौ मुद्धा टुंगो नलाग्दा वन कार्यालयको परिसरमा सो सामाग्रीहरु थुपारेर राखिएको छ । २०६८ सालयता कार्यालयमा मुद्दा चलेको १३ हजार दुई सय ८४ क्युफिट सालको चिरान काठ कुहिएर काम नलाग्ने भएको छ । जिल्ला अदालतमा मुद्दा चलेको ६६ क्युफिट अन्य प्रजातिको गोलिया पनि कार्यालय परिसरमै थुपारिएको छ ।

त्यस्तै काठ तस्करीमा प्रयोग गरिएको ८ वटा ट्याक्टर, ५१ वटा साइकल, २ वटा भ्यान, २ वटा बस, ३ वटा मोटरसाइकल र २ सय ५४ वटा साइकल जीर्ण पनि भएको छ । चुरे क्षेत्रका सामुदायिक वनबाट तस्करी भएको काठ र तस्करीमा प्रयोग गरिएको सवारी साधन वनका कर्मचारी र सुरक्षाकर्मीले पक्राउ गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);