वन कर्मचारीको मिलेमतोमा सिरहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वन कर्मचारीको मिलेमतोमा सिरहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी

सिरहा। चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेकाे पाइएकाे हाे । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीय बताउँछन् । मिर्चैया नगरपालिका-९ रमपुराको सामुदायिक वनका खैर र सिसाैका हजारौ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्ताेषकुमार यादवले बताए । रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता भएको उनको गुनासो छ । ‘काठ तस्करी नियन्त्रणमा न वनको सक्रियता छ न प्रहरीकै,’ उनले भने, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ।’

समुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी प्रहरीको उपस्थिति रहेकै स्थानबाट यहाँका स–मिलहरुमा पुग्दा पनि प्रहरी प्रशासनले चासाे देखाउँदैनन् । जिल्ला डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्रले केही वन कर्मचारीलाई वनको घुमुवाको रूपमा प्रयोग गरी स–मिलहरुबाट महिनावारी रकम असुली रहेको जोभा प्राकृतिक समुदायिक वनका अध्यक्ष हरि यादवले दाबी गरे । ‘जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।’काठ तस्कर र तस्करीका काठ खरिद गर्ने स–मिल सञ्चालकहरू आ-आफ्नो क्षेत्रका सव–डिभिजन प्रमुखहरूलाई पन्ध्र हजार रुपैयाँ मासिक रकम बुझाउने गरेको बतायाे । सव–डिभिजन प्रमुखहरूले एकमुष्ठ रकम डिभिजन प्रमुखलाई बुझाउने गरेको संलग्न बताइन्छ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीयकाे भनाइ छ । काठ तस्करहरूले अहिले पनि  सिरहाको समुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् । सामुदायिक वनमा तस्करहरुले फँडानी गरेको साल, खयर,कर्मालगायतको जातको रुख काटिएका बुट्यान जताततै देखिन्छ ।

चुरे क्षेत्रमा फस्टाएको काठ तस्करीको वारेमा जिल्ला डिभिजन वन कार्यालय प्रमुख शैलेन्द्र मिश्रसँग बुझ्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);