रोकिएन काठ तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रोकिएन काठ तस्करी

बारा,  ८ जेठ । लकडाउनको मौकामा बारामा तस्करी ह्वात्तै बढेको छ । काठ तस्करहरुले लकडाउनको मौकामा ५ हजार क्यूफीट काठ तस्करी गरेको छ । पछिल्लो समय चुरे क्षेत्रका वनमा काठ तस्करी गर्नेहरुको सक्रियता छ । जिल्लामा काठ तस्करी बढेपछि जिल्ला वनले सक्रियता बढाएको छ ।

बाराको कोल्हवी नगरपालिका–५ एक टोलका अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राख्ने गरेको पाईएको छ । डिभिजन वन कार्यालयको नेतृत्वमा वनगस्ती, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सहजनाथ साझेदारी वन व्यवस्थापनको संयुक्त टोलीले घरबाट करिब ५ हजार क्युवफिट काठ बरामद गरिएको थियो  ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मधुवन अन्तर्गतको ईलाका वन कार्यालय ककडीमा घाटगद्दी गरि राखिएको छ । छापामारीका क्रममा काठ तस्करीमा संलग्न परिवारका सदस्यहरुसँग केही बेर झडप हुने अवस्था समेत श्रृजना भएको थियो ।

स्थानीयलाई तुरुन्त नियन्त्रणमा लिँदा पनि कति जना र कसलाई लिने भन्ने कुरामा अन्योल भएको कार्यालयले जनाएको छ । वास्तविक परिमाणको आधारमा काठ बरामद भएका घरहरुको छानवीन र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय बाराका प्रमुख मंजुर अहमदले जानकारी दिनुभयो ।

जिल्लामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जस मध्ये ४१ सामुदायिक वन, साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी वन क्षेत्र रहेका छन् । वन क्षेत्र भित्र भएको घना बस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निर्माणर्धिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);