कोरोना बिमा गर्नेको संख्या १ लाख ३० हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना बिमा गर्नेको संख्या १ लाख ३० हजार

corona vaccine test

काठमाडाैं, ८ जेठ । कोभिड १९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);