नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार

nepal-korea

काठमाडौं, ८ जेठ । कोरोना भाइरसका कारण जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ।

नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन् । उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);