ईपीएस भाषा परीक्षा सम्पन्न, ८४,२१५ परीक्षार्थी सामेल | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

ईपीएस भाषा परीक्षा सम्पन्न, ८४,२१५ परीक्षार्थी सामेल

koria eps

१ सय ५६  नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं, २६ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा आइतवार सम्पन्न भएको छ । सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जना परीक्षार्थीले आवेदन भरेका थिए ।

जसमध्ये ८४ हजार २ सय १५ जना कोरियन भाषा परीक्षामा सामेल भएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । अरुको नामको परीक्षामा सहभागी १ सय ५६ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सन् २०२० का लागि भाषा परीक्षा आवेदन दिएका मध्ये ८ हजार १ सय ४१ जना परीक्षामा सामेल नभएको शाखाले जानकारी दिएको छ । शनिबार र आइतबार काठमाडौं, ललितपुर र पोखरामा गरि ३२ वटा केन्द्रमा भाषा परिक्षा सञ्चालन भएको थियो ।

नेपालबाट कोरिया सरकारले सन् २००८ देखि कोरियन भाषा परीक्षामार्फत कामदार लिन सुरु गरेको थियो ।सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान लागेको हो । कोरियन भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);