क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री यादव

swasthya mantri yadav

काठमाडौं, २६ जेठ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ ।

आइतबार राजधानीमा आयोजित क्षयरोग सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना रहेको उल्लेख गर्नुभयो ।

उहाँले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिनु भयो ।

नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिवद्धता विश्व स्वास्थ्य संगठनमा जनाई सकेको छ । सो प्रतिवद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);