गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रहरीको धरपक्कडमा एक दर्जनबढि घाईते

काठमाडौं, २६ जेठ । सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै राजधानीको माईतीघर मण्डलामा बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । गुठी विधेयकप्रति आपत्ति जनाउँदै आईतबार माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको थियो । प्रहरीको धरपक्कडमा एक दर्जनबढि घाईते भएका छन ।

प्रर्दशनकारीहरुले विधेयक तत्काल फिर्ता नलिए आफूहरुले आन्दोलन चर्कायने चेतावनी दिएका छन । सरकारले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी बिधेयक ल्याएको प्रदर्शनमा सहभागीहरुको दाबी छ ।

सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन । उनीहरुले विधेयक २ दिन भित्र फिर्ता नलिए सिंगो देशनै ठप्प हुने गरी आन्दोलन चर्काउने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);