गुठी विधेयक तत्काल फिर्ता लिन राप्रपा (संयुक्त)को माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गुठी विधेयक तत्काल फिर्ता लिन राप्रपा (संयुक्त)को माग

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिनु भएको हो । सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ ।

हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाई छ ।

अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने उहाँको चेतावनी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सो विधेयक तत्काल फिर्ता नलिए प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने पनि स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);