विवादित गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विवादित गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

padma kumari aryal

काठमाडौं, ३ असार । सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

सो विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सृजना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई नै बिथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालाहरुसँग थप छलफल गर्न परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रियसभामा पेश गरिएको सो विधेयक फिर्ता लिइएको मन्त्री आर्यालको भनाई छ ।

सरोकारवाला निकायको चर्को दवावपछि सरकारले सो विधेयक फिर्ता लिने निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि सो विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । सरोकारवाला निकायले पनि सो विधेयक फिर्ता लिन दवाव दिँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);