गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले पार्टीका काठमाडौं उपत्यकाका प्रतिनिधिसभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सोमबार परामर्श गरी सो सम्बन्धमा मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सो विधेयकको सम्बन्धमा आवश्यक निर्णय लिन मन्त्रीपरिषद बैठक बोलाउने जानकारी दिनु भएको नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो । परामर्शका क्रममा सांसदहरुले जनमत थेग्न नसक्ने उल्लेख गर्दै सो विधेयक फिर्ता लिन पनि प्रधानमन्त्री ओलीलाई दवाव दिएका थिए । नेकपाका सांसद रामवीर मानन्धरले जनमत थेग्न सक्ने अवस्था नरहेकाले सो विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको जानकारी दिनु भयो ।

भक्तपुरका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो विधेयकलाई सरोकारवालाहरुसँग थप छलफल गरी समृद्ध बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको बताउनु भयो । उहाँले भोलीसम्ममा प्रधानमन्त्री ओलीले सो विषयमा आवश्यक निर्णय लिने जानकारी दिनु भएको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्के लगत्तै सो विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);