नागरिकता बिधेयक राष्ट्रपति पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्छ : विमलेन्द्र निधि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागरिकता बिधेयक राष्ट्रपति पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्छ : विमलेन्द्र निधि

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी समेत गर्नु भयो । उहाँले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिनु भयो ।

नेता निधिले भन्नु भयो, ‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुको बीचमा नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं । यो नागरिकता विधेयक प्रमाणिकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ । अव त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रीपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रुपमा सक्रिय भईदिनु प¥यो भन्ने कुरा राख्न चाहन्छु ।’

नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसदमा आउन नहुने समेत बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);