बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधानको पालना गरेको बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेर संविधानको पालना गरेको बताउनुभएको हो । उहाँले राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि बताउनु भयो । उहाँले नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको पनि बताउनु भयो । उहाँले बजेटलाई सुधार नगर्ने हो भने देशको लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने बताउनु भयो ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली बाबु–आमाका सन्तानलाई छिटोभन्दा छिटो नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले एकात्मक प्रणालीको विकल्पमा संघीयता हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघीयता खारेज गर्नुपर्छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुनै सक्दैन । संघात्मक व्यवस्थाले चापेर नेपाली जनता उकुसमुकुस भएका छन् ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नागरिकता विधेयक संसदमा छलफल नगरी प्रमाणिकरण गर्नु गलत भएको बताउनु भयो । उहाँले अर्थतन्त्र कसरी बचाउने भन्नेमा नेताहरुले चिन्ता नगरेको टिप्पणी गर्नुभयो ।

उहाँले बजेट असफल भयो भने देश नै असफल हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);