प्रतिनिधि सभा सदस्यको संख्या १६५ बनाउने गरी संविधान संशोधन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रतिनिधि सभा सदस्यको संख्या १६५ बनाउने गरी संविधान संशोधन गर्न माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभा सदस्यको संख्या घटाउन प्रश्ताव गर्नुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा धेरै ठूलो भएको र संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै प्रतिनिधि सभा सदस्यको संख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्यको संख्या १६५ मा मात्रै सिमित गर्न सुझाव दिनुभयो । उहाँले बजेट संघीयताको दृष्टिले सन्तोषजनक नरहेको बताउनु भयो । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको बताउनु भयो ।

सदस्य देवकोटाले मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाई भन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनेको पुष्टि हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);