संसद बैठक हेर्न पुगेका विद्यार्थी यसो भन्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसद बैठक हेर्न पुगेका विद्यार्थी यसो भन्छन्

काठमाडौं । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकहरु हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला बेलामा नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसदको सम्बन्धमा पढ्नुपर्दछ । पढेको कुरालाई व्यवहारिक रुपमा देखाउनका लागि शिक्षकहरुले आफ्नो विद्यार्थीलाई संसद भवन लिएर आउने गर्दछन् । बुधवार पनि प्रतिनिधि सभा बैठक हेर्नका लागि अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी आफ्ना शिक्षकहरुसहित आएका थिए । उनीहरुले प्रतिनिधि सभा बैठक हेरेर कस्तो महशुस गरे भनेर न्युज एजेन्सी नेपालले प्रतिक्रिया लिएको छ ।

अक्सिडेन्टल पब्लिक स्कुलमा अध्ययनरत विभूति चौलागार्इंले संसदको बारेमा सामाजिक अध्ययन विषयमा पढ्नुपर्ने भन्दै आज व्यवहारिक रुपमा संसद देख्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले सांसदहरुले आ–आफ्नो जिल्लामा भएका समस्याहरु व्यक्त गरेको सुनेको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सम्पन्न सिलवालले संसद बैठकमा समयको व्यवस्थापन राम्रो लागेको बताउनु भयो । उहाँले वाषिर्क बजेटको विषयमा छलफल भइरहेको र बजेटका समस्या र समाधानको विषयमा संसद बैठकमा छलफल भइरहेको बताउनु भयो ।
कक्षा ८ मा अध्ययनरत स्पर्शी खरेलले देशका विभिन्न स्थानहरुमा कहाँ कस्तो समस्याहरु छन् भन्ने ज्ञान पाएको बताउनु भयो । उहाँले संसद बैठकबाट अनुशासनको महत्वका बारेमा पनि थाहा पाएको प्रतिक्रिया दिनुभयो ।
अक्सिडेन्टल स्कुलमा नेपाली विषय प्राध्यापनरत शिक्षक तुलसीप्रसाद घिमिरेले विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा संसद बैठक देखाउँदा पढाउन सजिलो हुने बताउनु भयो । उहाँले बजेट निर्माण कसरी हुन्छ र सरकार कसरी चल्छ भन्ने कुरा संसदमा आएर देखाउन पाउनु गौरवको अवसर भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले विद्यार्थीलाई प्रतिनिधि सभा बैठकमा ल्याउनुले शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);