प्रतिनिधिसभा बैठकका लागि संसद् सचिवालयलाई चटारो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रतिनिधिसभा बैठकका लागि संसद् सचिवालयलाई चटारो

sanghiya samsadh sachibalaya

काठमाडौं, १६ फागुन । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो ।

संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उनको भनाई छ ।

कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताए । उनले भने ‘सचिवालयका धेरै कामहरु मध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिलेपनि कोरोना महामारीको अवस्था छदैँछ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापन अन्तरगत एजेण्डाहरु के के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुराहरुलाई प्रशासनिक व्यवस्था अन्र्तगत हामीले काम गरिरहेका छौँ ।’

स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उनले बताए । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरीएको बताए । उनले भने ‘स्वास्थ्यजन्य व्यवस्थापन, बैठक व्यवस्थापन गरिरहँदा कुनैपनि ढंगले सचिवालयका कमी कमजोरीका कारणबाट कोभिड–१९को समस्या नफैलियोस् भनेर त्यो कुरालाई विशेष फोकस गरेर हामीले ध्यानपूर्वक सुक्ष्म रुपमा काम गरिरहेका छौँ । सरसफाइ, सेनिटाइजर, सिटको व्यवस्थापन समग्र कुराहरुमा ध्यान दिएर काम गरिरहेका छौँ । प्रविधिमा फोकस गर्नुपर्ने छ । लाइटिङ सिस्टम, साउन्ड सिस्टम, माइक व्यवस्थापनका कुराहरुमा हेरिरहेका छौँ । समस्या छ कि भनेर चेक गरिरहेका छौँ । भौतिक व्यवस्थापनका कुराहरु गरिरहेका छौँ ।’

संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए। । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनैपनि झन्झट र कठिनाई अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उनले बताए। । मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आव्हान गरिसकेको अवस्था छैन । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा गरेकी थिईन् । यद्यपी सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने फैसला गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);