नेकपाका दुवै पक्ष संसद बैठकमा एकै लहरमा बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेकपाका दुवै पक्ष संसद बैठकमा एकै लहरमा बस्ने

काठमाडौं, २३ फागुन । नेकपाका दुवै पक्ष (ओली पक्ष र दाहाल–नेपाल पक्ष)का सांसदहरु आइतबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ ।

आइतबार संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले सत्तारुढ नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्नुपर्ने जानकारी दिए । निर्वाचन आयोगबाट पार्टी विभाजनको आधिकारिक पत्र नआईसकेकोले नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्ने व्यवस्था गरिएको प्रवक्ता पाण्डेको भनाई छ ।

साथै प्रवक्ता पाण्डेले सचिवालयले दलको विभाजनको विवाद निरुपण गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । सचिवालयले दलको विवाद निरुपणका लागि सहजीकरणको भूमिका मात्र खेल्ने उनको भनाई छ ।

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो ४ बजे बस्दैछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

तर सो विरुद्ध विभिन्न रिट दायर भएपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनको निर्णय बदर १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन फैसला गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले आजका लागि बैठक आह्वान गरेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);