दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ ।

दाहाल–नेपाल पक्षका सांसदहरु बैठकका लागि सिंहदरवार पुगेका छन्। बैठकमा आज ४ बजे बस्नको लागेको प्रतिनिधि सभा बैठकमा कसरी अगाडि बढ्ने भन्ने रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि नेकपा दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासंग भेटवार्ता गरेका थिए ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नका लागि तयारी भईरहेको भएपनि कांग्रेसको सहकार्य निश्चित हुन नसक्दा अविश्वास प्रस्ताव पनि अझै आन्यौल नै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);