पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, बुधबार संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, बुधबार संसदीय दलको बैठक

काठमाडौं, १८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको धरापमा परेको पद जोगिएको छ। एमालेका २३ सांसदले प्रस्ताव फिर्ता लिएपछि उनको पद जोगिएको हो । नेकपा एमालेको माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

अविश्वास प्रस्तावका हस्ताक्षरकर्ता मध्येका एक सांसद कुसुम कार्कीले अविश्वको प्रस्ताव फिर्ता लिएको बताए। उनले भने ‘ हामी एमाले भएर एमालेको मुख्यमन्त्रीविरुद्ध अविश्वाको प्रस्ताव ल्याउनु कानुनी,र नैतिक हिसाबमा उचित नभएकोले फिर्ता लिएको हो’ उनले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताए ।

साबिक नेकपाको प्रचण्ड–माधव पक्षका ४५ सांसदले पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना माधव नेपाल पक्षका हुन् ।

पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो । यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले आज बोलाएको दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । बैठक बुधबार ३ बजेका लागि बोलाइएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);