नेकपा दाहाल–नेपाल पक्षको सचिवालय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेकपा दाहाल–नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षको सचिवालय बैठक जारी छ ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अगाडि बैठक शुरु भएको हो ।

प्रतिनिधि सभा बैठकको मिति नजिकिएसँगै अव पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ । गएको मंगलबार सर्वाेच्च अदालतले १३ दिनभित्र बैठक बोलउने गरी प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेको थियो । सोही फैसला अनुरुप सरकारले यही २३ फागुनमा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रतिनिधि सभा बैठकमा साथ पाउन नेकपा दाहाल–नेपाल पक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीसँग पनि छलफललाई तिब्रता दिइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);