नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको माग छ । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरिसक्नु भएको अवस्थामा नेकपा दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);