नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि

काठमाडाैं, ४ चैत । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने भनिएको भेला बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

गत फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेको भन्दै नेपाल–खनाल समूह रुष्ट बन्दै आएको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो समूहले आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो ।

नेपाल–खनाल समूहले आज र भोलिको भेला नरोक्ने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ । यस्तै यो समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि आन्तरिक किचलोमा फसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);