नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं, १३ चैत । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिमा आफ्नो समूहको साझा धारणा बनाउने गरि आज बिहान ११ बजे बैठक बोलाइएको हो ।

एमालेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत विभिन्न निर्णयहरु गरेको भन्दै त्यसको विरोध गर्दै आएको नेपाल पक्षले बैठक थप धारणा बनाउने बताइएको छ ।

साथै बैठकमा ओली पक्षले सोधेको स्पष्टिकरणमा राजनीतिक र कानूनी उपचारसमेत खोजीने बताईएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल–खनाल पक्षले समानान्तर गतिविधिसमेत गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);