नेपाल–खनाल पक्षले शुक्रबार बोलायो केन्द्रीय कमिटीको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल–खनाल पक्षले शुक्रबार बोलायो केन्द्रीय कमिटीको बैठक

बैठक शुक्रबार बिहान ११ बजे बस्ने

काठमाडौं, १२ चैत । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीभित्रको आफ्नो पछिल्लो राजनीतिक परिस्थितिमा साझा धारणा बनाउने गरि शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

एमालेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत विभिन्न निर्णयहरु गरेको भन्दै त्यसको विरोध गर्दै आएको नेपाल पक्षले बैठक आब्हान गरेको बताइएको छ ।

साथै तर ओली पक्षले सोधेको स्पष्टिकरणमा राजनीतिक र कानूनी उपचारसमेत खोजीने बताईएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपालव–खनाल पक्षले समानान्तर गतिविधिसमेत गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);