बागमती प्रदेशमा फागुन मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बागमती प्रदेशमा फागुन मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च

मकवानपुर, १२ चैत । देश संघीयतामा गएसँगै बागमती प्रदेशले हालसम्म चार पटक बजेट ल्याएको भएपनि हालसम्म पूरा बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को फागुन मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याए पनि ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेले बताए ।

पाण्डेका अनुसार बागमती प्रदेशले आर्थिक वर्ष २०७४-७५ मा कुल बजेटको २६.४१ प्रतिशत, आर्थिक वर्ष २०७५-७६ मा ६० प्रतिशत र आर्थिक वर्ष २०७६-७७ मा ५९.३४ प्रतिशत मात्रै रकम खर्च भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);