माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई दिएको अन्तिम समय सकियो, थप रणनीति तय गर्न नेपाल समूहको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई दिएको अन्तिम समय सकियो, थप रणनीति तय गर्न नेपाल समूहको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समय सकिएको छ ।

२०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहको आइतबार बसेको बैठकले आज बिहान ९ बजेसम्मको समय दिएको हो ।

पार्टी भित्र देखिएका अन्तरविरोधलाई हल गर्न आग्रह गर्दै दिएको समय सकिएको र अध्यक्ष ओलीबाट कुनै प्रतिक्रिया नआएको बताइएको छ । यसैबीच समस्या समाधानका विषयमा अध्यक्ष ओलीले कुनै चासो नदेखाएको भन्दै नेपाल पाक्षको बैठक बस्न लागेको र समूहिक राजीनामा दिने तयारी भएको नेताहरुले बताएका छन् ।

यता ओली पक्षले भने बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको बताउँदै आएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै छन् । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असहज हुने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);