२०७५ जेठ २ मा फर्किन प्रधानमन्त्री ओली सहमत, कार्यदल बनाउने जिम्मा २ शिर्ष नेतालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२०७५ जेठ २ मा फर्किन प्रधानमन्त्री ओली सहमत, कार्यदल बनाउने जिम्मा २ शिर्ष नेतालाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघि २०७५ जेठ २ गतेको अवस्थामा फर्किन सहमत हुनुभएको छ ।

बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार भएको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किन सहमत भएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको छलफलमा सहभागी एमाले नेता भिम रावलले जानकारी दिए ।

दुई नेता बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने बताइएको छ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको थियो ।

नेताहरूका अनुसार यसबारे विस्तृतमा कार्यदलले गृहकार्य गर्नेछ ।

यदि तलका कमिटीहरू ब्युँताउन अध्यक्ष ओली तयार भए माथिल्ला कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपालपक्षको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);