आफुहरु पार्टी एकताको पक्षमा रहेको एमाले नेता नेपालको स्पष्टोक्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफुहरु पार्टी एकताको पक्षमा रहेको एमाले नेता नेपालको स्पष्टोक्ती

काठमाडाैं, ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार काठमाडौंमा अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको स्पष्ट गर्नु भयो ।

आफुहरु सधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको नेता नेपालको भनाइ छ ।

उहाँले कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);