नयाँ सरकार निर्माण गर्न अझ केहि समय कुर्नुपर्छ : नेपाली कांग्रेस नेता बडु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नयाँ सरकार निर्माण गर्न अझ केहि समय कुर्नुपर्छ : नेपाली कांग्रेस नेता बडु

काठमाडाैं, ६ चैत । नयाँ सरकार निर्माण गर्न अझ केहि समय कुर्नुपर्ने नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले बताए । शुक्रबार, संसद भबन बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सर्वोच्च अदालतको फैसलापछी असम्बैधानिक र अलोकतान्त्रीक बनेको यो सरकारको विकल्प खोज्ने विषयमा सबैको एक मत रहेको बताईएको हो ।

बैठकबाट बाहिर निस्कने क्रममा दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असम्बैधानिक र अलोक्तान्त्रीक भएकोले सरकारमा बस्न नैतिकताले नदिने कुरा बताए। उहाँले समस्या पोख्ने ठाउँ सडक नभएर व्यवस्थापिका भएकोले आजदेखि नियमित रुपमा संसद संचालन हुनु र आ-आफ्नो विचार ब्यक्त गर्न पाउनु सकरात्मक पक्ष रहेको पनि बताए ।

सर्वोच्चको फैसला पछि ओली नेतृत्वको सरकारको अस्थित्व नैतिकताको आधारमा पुनतः समाप्त भएको नेकपा माओबादी केन्द्रका नेता वर्षमान पुनले बताए। उहाँले बैडकबाट बाहीर निस्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने विषयमा सबैको एक मत रहेको पनि बताए।

राजनीतिक संक्रमण जतिसक्दो छिटोे टुङ्ग्याउनुपर्नेमा सबैको हित हुने पनि बताए। लामो समयसम्म अस्थिर रहेको व्यवस्थापिका संसदको बैठकले निरन्तरता पाउन थालेको छ । सर्वोचको फैसलापछि शुक्रबार बसेको यो चौथो नियमित बैठक हो । यसरी नियमित रुपमा व्यवस्थापिका संसदको बैठक बसेर आ-आफ्नो धारणा राख्न पाउनुले छिट्टै राजनीतिक समाधान निस्कन्छ भन्नेमा आशा गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);