आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको: माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको: माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिमण्डल विस्तारलाई अवैध ठहर गरेपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो ।

नेता नेपालले प्रधानमन्त्री ओलीबाट पटक–पटक गलत काम भइरहेको र त्यसले देश र व्यवस्थालाई संकटतर्फ धकेलेको बताएका छन् । दुई तिहाई नजिकको नेकपा सरकार बनेर ऐतिहासिक काम गर्ने अवसर प्राप्त भएको तर ओलीको हठले देश र पार्टी नै संकटमा पुगेको नेता नेपालको भनाइ छ ।

आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको नेपालको आरोप छ । साथै उहाँले संविधान र व्यवस्था जोगाउन वामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);