प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाइ हुँदै

काठमाडौं ।  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

आजको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्ने छन् ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव समेत रहनुभएका अधिवक्ता खातीले २० मिनेट बहस गर्ने र त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ । त्यस्तै, वरिष्ठ अधिवक्ता कार्कीलाई एक घन्टा र थापालाई डेढ घन्टा समय छुट्याइएको छ ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ । सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय लगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो ।

त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो । सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइ सकेका छन् ।

यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन् ।

असार ३ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाइ सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);