विपक्षी गठबन्धनको सयुक्त निष्कर्ष - सरकारकै कारण राष्ट्र गम्भीर संकटमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

विपक्षी गठबन्धनको सयुक्त निष्कर्ष – सरकारकै कारण राष्ट्र गम्भीर संकटमा

prachanda-deuba

काठमाडौँ। विपक्षी गठबन्धनले सरकारकै कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सरकारले संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।उनीहरुले राजनीतिक दलसम्बन्धी विवादमा निर्वाचन आयोगले निष्पक्ष कार्यसम्पादन नगरेको समेत ठहर गरेको छ ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पु¥याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ ।

’नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास भएको भन्दै आप्पती जनाएका छन् ।
विज्ञप्ति यस्तो रहको छ

Leave a Reply